Search
Close this search box.

निर्माण कार्य स्थगन गरी कुलेखानी-सिस्नेरी सडक खुला

हेटाैंडा- हेटाैंडाबाट काठमाडाैं आवतजावत गर्ने छाेटाे दुरीकाे कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द गराउने भनिए पनि आज बुधबारबाटै खुला गरिएकाे छ । सडक कालोपत्र गर्नका लागि मंगलबार अर्थात् असोज ८ गतेदेखि १९ गतेसम्म १२ दिन सवारीसाधन आवतजावतमा रोक लगाउने निर्णय गरिएको थियो ।

दसैंको पूर्वसन्ध्यामा सवारीसाधनमा सञ्चालनमा रोक लगाउँदा विभिन्न किसिमको समस्या हुने भएकाले सडक कालोपत्रको काम स्थगित गरेर सवारीसाधनको आउजाउ खुला गरिएको जनाइएको छ ।

दक्षिणकाली नगरपालिकाले सडक कालोपत्र गर्ने कार्य तत्काललाई स्थगित गरेर सवारीसाधनमा सञ्चालनमा खुला गरिएकाे जनाएको छ । दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्न १२ दिन सवारी आवागमनमा रोक लगाइने सूचना नगरपालिकाले जारी गरेको थियो ।

नगर प्रमुख मोहन बस्नेतका अनुसार दसैंअघि कालोपत्र गर्दा यात्रुलगायत स्थानीयवासीलाई पनि समस्या हुने भएकाले अहिलेलाई कालोपत्र गर्ने काम स्थागित गरिएको बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan