Search
Close this search box.

बुधबार उकालो लाग्यो शेयर बजार

आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उकालो लागेको छ ।
तीन कारोबार दिनदेखि लगातार ओरालो लागेको शेयर बजार परिसूचक (नेप्से) बुधबार भने उच्च अंकले बढेको हो ।
यसदिन २ हजार ४७३ बिन्दुबाट सुरु भएको कारोबार ४९ अंकले बढ्दै परिसूचक २ हजार ५१९ दशमलव ५७ बिन्दुमा उक्लिएको हो ।

यसअघि आइतबार कारोबार ११ दशमलव ५८ अंकले बढेको शेयर बजार सोमबार र मंगलबार भने बजार समान ५९र५९ अंकले घटेको थियो ।
यस्तै, आज २२३ कम्पनीको मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको स्थिर भयो ।
यसदिन ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan