Search
Close this search box.

कान्तिलाेकपथ अवरुद्ध, आजै खुलाउने सम्भावना न्यून

हेटाैंडा- अबिरल वर्षाका कारण पहिराे आउँदा हेटाैंडा- ठिंगन काठमाडाैं जाेड्ने कान्तिलाेकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएकाे छ । मकवानपुरकाे बकैया- ११ आँपचाैर र लाम्राङमा पहिराे खस्दा सडक दिउँसाे करिब २:३० बजेबाट अवरुद्ध छ ।

पहिराे पन्छाउने कार्यका लागि समन्वय भइरहे पनि आजै बाटाे खुलाउने सम्भावना न्यून रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । सडक विभाग तथा फाष्ट ट्याक आयाेजनासँग समन्वय गरी पहिरो पन्छाउने कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan