हेटाैंडा- अविरल बर्षाका कारण पहिराे खस्दा हेटाैंडाबाट काठमाडाैं आवतजावत गर्ने भीमफेदी कुलेखानी सडक पनि अवरुद्ध बनेकाे छ ।
भिमफेदी- ४ रातोमाटे सडकखण्डमा पहिरो खस्दा दिनकाे करिब ४ बजेबाट यातायात आवतजावत अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । सडक विभाग र स्थानिय निकायसँग समन्वय गरी पहिरो पन्छाउन पहल भइरहेकाे प्रहरीले जनाएकाे छ ।
यस्तै हेटाैंडा-काठमाडाैं जाेड्ने कान्तिलाेकपथ पनि दिउँसाे करिब साढे २ बजेदेखि अवरुद्ध छ । मकवानपुरकाे बकैया ११ आँपचाैर र लाम्राङमा पहिराे खस्दा सडक अवरुद्ध भएकाे हाे ।
पहिराे पन्छाउने कार्यका लागि समन्वय भइरहे पनि आजै बाटाे खुलाउने सम्भावना न्यून रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
केही प्रतिक्रिया छ कि ?

