हेटाैंडा- मकवानपुरकाे ईन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पहिराेमा पुरिएका ६ जना विद्यार्थीको शव भेटिएको छ। सुरक्षाकर्मीले शनिबार साँझ १७:३० बजेको समयमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा विद्यार्थीहरु पहिरोमा परेका थिए ।
एन्फा एकेडेमिका ४० जना बिद्यार्थीहरु होस्टेलमा बस्ने गरेकोमा तिनिहरु मध्ये ६ जना बिद्यार्थीहरु बसिरहेको होस्टेलबाट सुरक्षित स्थानतर्फ जाने क्रममा अचानक माथिबाट पहिरो आई बेपत्ता भएका थिए ।
विद्यार्थीहरुमा मकवानपुरका अनुपम घलान, दिवस बानियाँ र सुमन योञ्जन, धादिङका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेका छन् ।
उद्दार कार्यमा खटिएका सुरक्षाकर्मीले १८:१५ को समयमा ६ जनाकै शव नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं स्थित शिक्षण अस्पताल पठाइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

