Search
Close this search box.

प्राकृतिक विपत्तिमा उपत्यकाबाहेक बागमतीका १० जिल्लामा १ सय १६ जनाको मृत्यु

हेटौंडा– असोज ११ र १२ गते वर्षाका कारण आएको बाढी पहिरोमा परी बागमती प्रदेशमा उपत्यकाबाहेक १० जिल्लामा १ सय १६ जनाले ज्यान गुमाएका छन् भने ११ बेपत्ता रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरको पछिल्लो तथ्यांकअनुसार प्राकृतिक विपत्तिमा ८१ जना घाइते भएका छन् । काठमाडौं भत्तपुर र ललितपुरबाहेक बागमतीका १० जिल्लामध्ये काभ्रेमा सबैभन्दा धेरै ५० जनाले ज्यान गुमाएका छन् भने ९ जना बेपत्ता छन् । काभ्रेमा मात्रै ४९ जना घाइते भएका छन् । त्यस्तै बाढी पहिरोमा परी धादिङमा ३९ जनाको मृत्यु हुँदा ७ जना घाइते छन् ।

सिन्धुपाल्चोकमा १० जनाको मृत्यु भएको छ भने मकवानपुर र दोलखामा ७/७ जनाले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकमा २ जना अझै हराइरहेको प्रदेश प्रहरीले जनाएको छ । मकवानपुरमा ३ जना र सिन्धुपाल्चोकमा १६ जना प्राकृतिक विपत्तिमा परी घाइते छन् । दोलखामा २ जना घाइतेसमेत भएका छन् । यस्तै सिन्धुलीमा २ जनाको मृत्यु भएको छ भने रामेछापमा १ जनाको मृत्यु र ३ जना घाइते भएको बताइएको छ ।
काभ्रे, धादिङ, रसुवा र सिन्धुलीका सडकहरुमा गएको पहिरोमा परी सयौँ सवारी र यात्रुहरु उद्दारको पर्खाईमा रहेको प्रहरीले जनाएको छ । काभ्रेमा ४ सय ५० जनालाई हेलिकप्टरमा राहतसमेत पु¥याइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan