Search
Close this search box.

११४.७० अंकले बढ्यो नेप्से

सेयर कारोबार मापक नेप्से परिसूचक ११४.७० अंकले बढेको छ । चार दशमलव ५७ प्रतिशतले बढेर २६२३.५६ विन्दुमा पुगेको छ ।

कुल २४३ कम्पनीको सेयर मूल्य बढ्यो भने १ कम्पनीको घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । आज १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच भए । कुल ९६ हजार ९०६ पटकको सेयर किनबेचबाट ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबै उपसमूहहरु बढे । तयसमध्ये जिवन बिमा ५११.७९ अंक र निर्जिवन बिमा ३९१.६५ अंकले बढेको छ । होटल तथा पर्यटन ३६८.१४, लघुवित्त १८८.२३ अंकले बढेको हो ।

कारोबार रकमको आधारमा एनएलजी इन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनी अघि रहे । एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan