Search
Close this search box.

सुनको भाउ तोलामा ८ सय बढ्यो

बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार थियो ।

गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो ।चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९३५ रुपैयाँ कायम भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan