Search
Close this search box.

आइपीओ निष्कासन गदैँ नुम्बुर हिमालय हाइड्रोपावर

नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको हो। सभा कम्पनीको रजिष्टार्ड कार्यालय नक्साल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरीएको हो । सभामा प्रिमियम मूल्यको शेयर जारी गर्न सक्ने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan