Search
Close this search box.

९ दिनपछि खुल्याे हेटाैंडा-काठमाडाैं छाेटाे दुरीका सडक

हेटाैंडा- बाढी पहिराेका कारण बन्द भएका हेटाैंडा काठमाडाैं जाेड्ने छाेटाे दुरीका सडक ९ दिनपछि सञ्चालनमा आएका छन् ।

गत असाेज ११ र १२ गतेकाे वर्षापछिकाे बाढी पहिराेले अवरुद्ध बनेका हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ्ग–काठमाडौ, कुलेखानी–महालक्ष्मी–चखेल–मातातिर्थ–काठमाडौं तिन वटा लोकमार्ग आइतबारबाट सञ्चालनमा आएका हुन् ।

मार्खु–चित्लाङ्ग–चन्द्रागिरी–काठमाडौं सडक भने बुधबारदेखि नै खुलेको बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री अमन कास्केले जानकारी दिए ।  बाढीपहिरोका कारण अधिकांश राष्ट्रिय लोकमार्ग तथा प्रादेशिक मार्गहरु अवरुद्ध भएकोमा विभिन्न ठाउँमा डाइभर्सन निर्माण गरि सडक दुइतर्फी सुचारु गरिएकाे  मन्त्री मास्केले आज साँझ आयोजित पत्रकार सम्मेलनमा बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan