Search
Close this search box.

पत्रकार गाैतमले ल्याए ‘प्रवासका फूलहरु’

हेटाैंडा- नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले प्रवासमा बस्ने नेपालीहरुकाे कथा व्यथा समेटिएकाे पुस्तक ‘प्रवासका फूलहरु’ बेल्जियममा पुगी  सार्वजनिक गरेका छन् । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतले पुस्तकको बिमोचन गरेका हुन् ।

पुस्तक बिमोचन गर्दै राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नितीनिर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठुलो सहयोग पुग्ने बताए । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उनको धारणा रहेको थियो । पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युबा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश उनले ब्यक्त गरे ।राजदुत राजभण्डारीले प्रवास बसाइका अनुभब,संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, सस्कृती र नेपाली मौलिक पहिचानलाई उनिहरुले कसरी विश्व सामु फैलाई रहेकाछन् भन्ने बिषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेको भन्दै गाैतमप्रति आभार व्यक्त गरे ।  पुस्तकमाथि बाेल्दै लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीबन्त कथा लेखिएको बताए । करिब डेढ बर्षको अन्तरालमा पुस्तक तयार गरेर बिदेशी भुमिमा बिमोचन गर्ने अबसर पाएकोमा अनेसास प्रति धन्यवाद व्यक्त गरे ।  पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल,शैक्षिक अबस्था,राजनीति ,पारिवारिक अवस्था, वैदेशिक संघर्ष लगायतका वास्तविक कथा समाबेश गरिएको बताइएकाे छ ।

यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले बिदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बिचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय  काम गरेकोमा धन्यवाद व्यक्त गरे । उनले सबैका आ-आफ्नै भोगाई हुन्छन, ति कुराहरुलाई आफ्नो पुस्तासामु जानकारी दिलाउन पुस्तकले भूमिका खेल्ने बताइन् ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेकोमा पत्रकार गौतमप्रतिआभार प्रकट गरे ।

कार्यक्रममा अन्तरराष्ट्रीय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तक माथि टिप्पणी गर्दै यस्ले युरोप भित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष सम्बाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिए ।
कार्यक्रममा अनेसास बेल्जियमका महासचिब गोपाल दाहालले पुस्तक माथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले  आम नेपालीको कथा बोलेकाे बताए ।

दुई सय अठासी पेज रहेको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वातामा आधारित भएर पुस्तक प्रकाशन भएको बताए ।

यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथा तयार पारी बिमोचनका लागि अनेसासलाई अबसर दिनुभएकोमा आभारी जनाए ।  

कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापती बिराट जोशी लगायतले कृति सफलताको शुभकामना व्यक्त गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan