आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ ।
मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको छ । आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।
यस्तै, आज बजारमा २ सय ४४ कम्पनीको शेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको छ ।
३५ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रह्यो । आज बजारमा १३ मध्ये १२ वटा उपसूचकमा गिरावट आएको छ ।
केही प्रतिक्रिया छ कि ?



