हेटाैंडा- अवैध लागुओैषध गाँजा चरेश मुद्धामा कैद र जरिवाना ताेकिएकाेमा फरार रहेका मकवानपुरकाे मनहरश्र गाउँपालिका-७ का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी ७ रमनटारका ४६ वर्षीय मिलन लामा स्याङ्बाेलाई साेमबार पक्राउ गरेकाे हाे । मकवानपुर जिल्ला अदालतबाट गाँजा चरेश मुद्धामा स्याङ्बाेलाई २ बर्ष कैद र २०,००० जरिवाना तोकेकाेमा उनी फरार रहेका थिए । उनलाई आफ्नै निवासबाट पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
केही प्रतिक्रिया छ कि ?

