नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले आज अमेरिका जाने भएका छन् ।नेपालस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएसँगै लामिछाने त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।
क्रिकेट संघका अनुसार, त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्नेछन् । टोलीका अन्य सदस्य भने क्यानडामा लिग–२ खेलेर अमेरिका पुगिसकेका छन् ।
अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ । नेपालले पहिलो खेल अमेरिकासँग २७ तारिखमा खेल्ने जनाइएको छ ।
केही प्रतिक्रिया छ कि ?