Search
Close this search box.

बकैयामा जेके एफसी कप फुटबल सुरु

बकैया-दीपावलीको अवसर पारेर मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका ९ च्याउच्याउमा जेके एफसी कप फुटल प्रतियाेगिता सुरु भएको छ ।

बकैयाको जेके फुटवल क्लवको आयोजनामा बिहीबारबाट सुरु भएको उद्घाटन खेलमा जेके एफसी ए ले कान्द्राङ एफसीलाई १०–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

क्लवका अध्यक्ष बीरबहादुर सिंतानको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि बानियाँले खेलको माध्यमबाट देशलाई चिनाउने कार्यको सुरुवात भइरहेकाे बताए । क्रिकेट, फुटलवललगायत खेलको माध्यमबाट विस्तारै नेपालको नाम चर्चामा आउन लागेको बताउँदै नेता बानियाँले संघीय, प्रदेश र स्थानीय सरकारले पनि खेलमा लगानी बढाउनुपर्ने बताए ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्व गाउँपालिका अध्यक्ष दामोदर खनाल, बकैया ९ का वडा अध्यक्ष टंकध्वज लोप्चन, बकैया खेलकुद विकास समितिका संयोजक विजय थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कात्तिक १४ गतेसम्म संचालन हुुने प्रतियोगितामा २६ टिमले सहभागिता जनाएको क्लवका अध्यक्ष सिंतानले बताए। प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद ३० हजार र १५ हजारसहित ट्रफी र प्रमाणपत्र वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan