Search
Close this search box.

खुकुरी देखाई लुटपाट गर्ने थानाभर्याङका २ युवा पक्राउ

हेटाैंडा- खुकुरी देखाई सुनकाे सिक्री लुटपाट गरेकाे आराेपमा मकवानपुर प्रहरीले दुई युवालाई पक्राउ गरेकाे छ । शनिबार दिउँसाे हेटाैंडा-११ थानाभर्‍याङ स्थित राप्ती खोलाको बगरमा खुकुरी देखाई सुनकाे सिक्री लुटेकाे आराेपमा थानाभर्याङका वर्ष २० को असमिन चौलगाई र ऐ.ऐ. बस्ने वर्ष २० को अनिस चौलगाईलाई प्रकाउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ।

उनीहरुले बकैया गा.पा. वडा नं. ०४ बस्ने वर्ष २० को मनिष फुयाल र साेही ठाउँका वर्ष २४ को सुजन पौडेलको १ तोलाको सुनकाे सिक्री लुटेकाे प्रहरीले दावी गरेकाे छ । उनीहरुलाई सिक्रीसहित नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan