Search
Close this search box.

कात्तिक ३० गतेबाट चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आउँदै

हेटाैंडा- अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ। निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बिक्री प्रक्रिया पूरा गर्दै कार्तिक ३० गते नेपालमा सिनेमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।

विदेशमा भने ‘ह्रस्व दीर्घ’ मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी प्राप्त भएको छ । निर्माता नीता ढुंगानाले यस सिनेमा विदेशको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले खरिद गरेको उल्लेख गरिन् । यस कम्पनीका सञ्चालक विनोद पौडेलले सिनेमा बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन् ।

सिनेमा दक्षिण भारतीय र बलिउड कलाकारहरूको अभिनय समावेश भएको कारण निर्माताले भारतमा प्रथामिकताका साथ तेलुगु भाषामा पनि रिलिज गर्ने योजना बनाएको अभिनेता हरिहर अधिकारीले जानकारी दिए। भारतीय वितरकहरूले पनि सिनेमा प्रति चासो देखाएका छन् ।

नीता फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको यस सिनेमाको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रविन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीजस्ता कलाकारहरूको अभिनय रहेको छ ।

सिनेमाको कथा अभिनेता हरिहर अधिकारीले लेखेका हुन्, जबकि पटकथा र संवाद प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहर अधिकारीले मिलेर तयार गरेका छन् । बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले यस सिनेमा छायांकन गरेका छन् । निर्देशक चन्द्र पन्तले यसअघि भोजपुरी सिनेमा निर्देशन गरेका छन् र यो नेपाली सिनेमा क्षेत्रमा उनको पहिलो निर्देशन हो ।

सिनेमाको पोस्टर डिजाइन विजय बस्यालले गरेका छन्, र यसको वितरण कार्य मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले गर्नेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan