Search
Close this search box.

महाेत्तरी जाँदै गरेकाे बस मनहरीमा दुर्घटना हुँदा ३५ यात्रु घाइते

हेटाैंडा-पूर्वपश्चिम राजमार्गअन्तरगत मकवानपुरको मनहरीमा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट महोत्तरीको लागि छुटेको प्रदेश २-०३-००१ ख ३६२९ नम्बरको बस मनहरी गाउँपालिका वडा नम्बर ७ समिडाँडा स्थित पूर्वपश्चिम लोकमार्गमा दुर्घटनामा परेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेको थियाे ्। दुर्घटनामा परेर घाइते भएका ३५ मध्ये २८ जनाको चितवनस्थित  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।  
जसमध्ये  १३ जनाको  मध्यम र १५ जनाको अवस्था सामान्य रहेको उनको भनाई छ । यसैगरी स्थानिय मनहरी अस्पतालमा ३ जना सामान्य अवस्थाका घाईतेको उपचार भइरहेको र हेटौँडा अस्पतालमा उपचाररत ४ जना घाईतेको डिस्चार्ज भइसकेको प्रवक्ता अर्यालले बताए ।
बसका चालक महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर २ का ३७ वर्षीय जय किशोर कापरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan