Search
Close this search box.

जन्मदिनमा मामाघरमा खाद्यान्न

हेटाैंडा- हेटौंडा-५ निवासी सक्षम गोतामेले आफ्नाे जन्मदिनकाे अवसरमा हेटाैंडा ११ स्थित मामाघर नेपालमा खाद्यान्न सहयाेग गरेका छन् ।

१३ औं जन्मदिनकाे अवसरमा गाेतामेले शुक्रबार मामाघरमा आश्रित भान्जाहरुका लागि चामल, दाल, तेल, नुन, विस्कुटलगायतका सामाग्री हस्तान्तरण गरेका हुन् । सक्षमले आमा श्रीजना चौलागाईं, हजुरबुबा ओमप्रसाद चौलागाईं हजुर आमा सुमिता चौलागाईं र सस्थाको प्रतिनिधिको उपस्थितिमा खाद्यान्न सहयाेग गरेका हुन् । गाेतामे हेटाैंडा-५ स्थित सिद्धार्थ शिसु सदनमा कक्षा ७ मा अध्ययनरत छन् । मामाघरमा आश्रित दाजु भाइलाई देखे पछि खुशी साटासाट गर्दै गाेतामेले आगामी दिनमा पनि आफ्नो जन्म दिन यसै गरी सामाजिक संस्थामा गयर मनाउने प्रतिवद्धता जनाए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan