हेटाेैंडा- मकवानपुरकाे हेटाैंडा-१९ नेवारपानीबाट अवैध लागुओैषध गाँजासहित एक जना पक्राउ परेका छन् । शनिबार राति मनहरीबाट हेटौडातर्फ आउदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नं. को योद्धा पिकअप गाडीलाई रोकी गाडीलाई जाँच गर्ने क्रममा १६२ किलाे ५८० ग्राम गाँजासहित काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं. १२ बस्ने बर्ष २९ को किरण वाग्लेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
गाडीको पछाडिको भागमा खाली प्लाष्टिकको क्रेटहरू मुनी लुकाई छिपाई राखिएको अवस्थामा गाँजा फेला पारिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पक्राउ परेका वाग्लेलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ४ दिनको म्याद लिई अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
केही प्रतिक्रिया छ कि ?

