Search
Close this search box.

भीरबाट लडेर राक्सिराङमा एक वृद्धकाे मृत्यु

हेटाैंडा- घर नजिकैकाे भीर छेउमा घाँस काट्न जाँदा लडेर एक वृद्धकाे मृत्यु भएकाे छ । राक्सिराङ गाउँपालिका ८ रातोडाँडा  बस्ने करिब ८१ वर्षीय सिंह बहादुर ब्लोनकाे साेमबार घरदेखि ३० मिटर पर भीर नजिक घाँस काट्ने क्रममा लडेर निधन भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

घासँ काट्ने क्रममा एक्कासी खुट्टा चिप्लिन गई भिरबाट अन्दाजी ८० मिटर तल खस्न गई कराई रहेको अबस्थामा  स्थानीयले सहयोग गरी घाईतेलाई घरमा ल्याई उपचारको लागी अस्पताल पठाउने तयारी गरिरहँदा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जनाइएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan