Search
Close this search box.

३१ किलो गाँजासहित मनहरीका २ जना पक्राउ

हेटौंडा–अवैध लागुऔषध गाँजासहित प्रहरीले मकवानपुरबाट २ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान हेटौंडा–१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट पथलैयातर्फ जाँदै गरेको ना १ ह ८३२४ नं. को अटोलाई रोकी जाँच गर्ने क्रममा अटोमा लुकाई ल्याइएको ३१ किलो १२ ग्राम गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा अटो चालक मनहरी ७ प्याङ्चेका ३३ वर्षीय शंकर स्याङ्तान र सोही अटोमा सवार ४० वर्षीय रामशरण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan