Search
Close this search box.

हेटाैंडेली गीतकार बानियाँको नयाँ स्वदेश गान सार्वजनिक

हेटाैंडा- गीतकार श्यामकुमार बानियाँद्वारा रचित स्वदेश गान ‘यो देशले तिम्रो काँध मागेको छ…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार सर्वश्री मिडियाको युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा नवराज पराजुलीको स्वर र ओम प्रकाश राईको संगीत रहेको छ । यस्तै रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोको छायांकन तथा सम्पादन महेन्द्र ओझाले गरेका हुन् ।
लामो समयदेखि मकवानपुरमा रहेर साहित्य रचना गर्दै आएका बानियाँले यसअघि दुईवटा स्वदेश गानसहित पाँचवटा गीतका म्युजिक भिडियो ल्याइसकेका छन् ।

उनका ‘आकाश खुल्यो सुस्तरी’ र ‘हिमालमा घाम झुल्क्यो…’ बोलका स्वदेश गान २०८० फागुनमा सार्वजनिक भएका थिए । गायनमा समेत रुची राख्ने बानियाँले ‘आकाश खुल्यो सुस्तरी…’ आफ्नै स्वरमा रेकर्ड गराएका थिए । यस्तै उनको आवाजमा ‘शून्य शून्य…’ र ‘माया भन्नु…’ बोलको गीतका म्युजिक भिडियो यसै वर्ष असोजमा सार्वजनिक भएका थिए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटाैंडेली गीतकार बानियाँको नयाँ स्वदेश गान सार्वजनिक

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

हेटाैंडेली गीतकार बानियाँको नयाँ स्वदेश गान सार्वजनिक

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

हेटाैंडेली गीतकार बानियाँको नयाँ स्वदेश गान सार्वजनिक

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

हेटाैंडेली गीतकार बानियाँको नयाँ स्वदेश गान सार्वजनिक

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

हेटाैंडेली गीतकार बानियाँको नयाँ स्वदेश गान सार्वजनिक

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

हेटाैंडेली गीतकार बानियाँको नयाँ स्वदेश गान सार्वजनिक

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

हेटाैंडेली गीतकार बानियाँको नयाँ स्वदेश गान सार्वजनिक

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

हेटाैंडेली गीतकार बानियाँको नयाँ स्वदेश गान सार्वजनिक

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan