Search
Close this search box.

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

काठमाडौँ– ‘ह्रस्व दीर्घ’ पिताको भूमिकामा अभिनय गरेका भारतीय कलाकार प्रदीप सिंह रावत नेपाल आएका छन्।फिल्मको प्रवर्द्धन गर्न उनी पत्नि कल्याणीसहित आइतबार नेपाल आइपुगेका हुन् । फिल्ममा उनले अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा काम गरेका छन्।

उनको अभिनयलाई दर्शकले निकै रुचाएको खबरले उत्साहित भएका रावत दर्शकसँग साक्षात्कार गर्न नेपाल आएको निर्माण टिमले जानकारी दिएको छ। निर्देशक चन्द्र पन्तका अनुसार उनको आज काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम छ। उनी यसअघि यही फिल्मको छायांकनका लागि नेपालमा आएका थिए।

फिल्मले देशभरका हलमा उत्साहजनक व्यापार गरिरहेको छ अधिकांश सो हाउसफूल पनि भइरहेको छ। फिल्मले दुई दिनमा दुई करोड कलेक्सन गरेको निर्माण टिमको दाबी छ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता अभिनेत्री नीता ढुङ्गानाले नै लगानी गरेकी छन्। फिल्ममा हरिहर अधिकारी, नीता ढुङ्गाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ।

अभिनेता हरिहर अधिकारीको कथा रहेको फिलममा उनीसहित प्रतीक पौडेल, निर्देशक पन्तको पटकथा तथा संवाद लेखन छ। फिल्म बलिउडका चर्चित सिनेमाटोग्राफर कवीर लालले छायांकन गरेका हुन्।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपालीसँगै तेलुगु र हिन्दी गरी तीन भाषामा डब गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan