Search
Close this search box.

राक्सिराङकाे गर्लिङमा २ कराेडकाे लागतमा विद्यालय भवन बन्दै, ईन्द्र बानियाँले गरे शिलान्यास

हेटाैंडा-मकवानपुरकाे राक्सिराङ गाउँपालिका ७ नम्बर वडास्थित विकट तल्लाे गर्लिङमा करिब २ कराेड रूपैयाँ खर्चिएर विद्यालय भवन निर्माण सुरु भएकाे छ ।

गर्लिङमा रहेकाे सातकन्या प्राथमिक विद्यालयकाे सात काेठे भवनकाे शुक्रबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् । लिसा हिमालय इभीमार्फत दिगाे विकासका लागि एकता नेपालकाे आर्थिक सहयाेगमा २ कराेड १ लाख रुपैयाँकाे ठेक्कामार्फत विद्यालय भवन निर्माण हुन लागेकाे हाे । गृह आर्किटेक एण्ड बिल्डर्स प्रालिसँग २०८१ कात्तिक २० गते विद्यालय निर्माणकाे सम्झाैता भएकाेमा २०८२ कात्तिक १८ गतेसम्म सम्पन्न गर्ने उल्लेख छ । पक्की विद्यालय भवन नहुँदा यस भेगका विद्यार्थीहरु जस्ताकाे छानाेयुक्त कच्ची भवनमा अध्ययन गर्दै आएका थिए । पक्की भवन निर्माण भएसँगै अध्ययनमा सहज हुने र विद्यार्थीहरु पनि विद्यालयतिर आकर्षित हुने विश्वास लिइएकाे छ । 

विद्यालय भवन शिलान्यास गर्दै बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले विकट गाउँमा सडक सञ्जालसँगै शिक्षा, स्वास्थ्य, सडकलगायत पूर्वाधार विकास र सामाजिक आर्थिक विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिएकाे बताए । संघीयता स्थापनासँगै मुलुककाे विकासकाे गति बढिरहेकाे बताउँदै उनले वर्तमान व्यवस्थाविरुद्ध लाग्नेहरु विकास विराेधी भएकाे बताए । विकट गाउँकाे विकासका लागि आफूले भूमिका खेलिरहेकाे दावी गर्दै बानियाँले आगामी दिनमा पनि गाउँकाे आवश्यकताका आधारमा विकास गर्न लागिपर्ने प्रतिवद्धता जनाए । राक्सिराङ ७ स्थित गर्लिङसम्म पुग्ने सडक स्तरीकरण गर्न प्रदेश सरकारमार्फत बजेटकाे व्यवस्था गरिने पनि उनले प्रतिवद्धता जनाए । 

सातकन्या प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज मुक्तानकाे अध्यक्षतामा भएकाे भवन शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य बानियाँकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बागमती प्रदेशका पूर्व भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, दातृ संस्था लिसा हिमालय इभीका एक्टिङ कन्ट्री डाइरेक्टर अन्जन पाैडेल, नेपाली कांग्रेस मनहरी सभापति प्रकाश वर्ताैला, राक्सिराङ ७ का वडाध्यक्ष रामबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan