Search
Close this search box.

१० किलो लागुऔषध गाँजासहित दुईजना पक्राउ

हेटौंडा – प्रहरीले १० किलो २५० ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ। आइतबार मकवानपुरको मनहरी गाउँपालिका-९ भलाद्मीचोकस्थित पुर्व पश्चिम सडकबाट दुईजनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा चालक मकवानपुर मनहरी गाउँपालिका- ८ बस्ने बर्ष २८ को राम कुमार परियार र सोही अटोमा सवार मनहरी गाउँपालिका- ९ बस्ने बर्ष ३६ को रामकुमार स्याङबो रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका-९ भलाद्‍मीचोक स्थित खण्डमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ह ५०३३ नं. को अटोलाई चेक जाँच गर्ने क्रममा निजहरुको शरीर तथा उक्त अटो समेतको खानतलासी गर्दा सो अटोको सिट पछाडि कालो झोला र जेब्रा झोला भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा १० किलो २५० ग्राम लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उक्त लागुऔषध,अटो र निजहरु राम कुमार परियार, रामकुमार स्याङबोलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan