हेटौंडा – सिआन पुनस्र्थापन केन्द्रलाई जापानी एक नागरिक बिमरा वाकाइले ५० हजार सहयोग गरेकी छन् । सामाजिकसञ्जाल मार्फत् देखेर सिआनले गरेको कामबाट प्रभावित उनले नेपाल आएको बेला सिआन कार्यालय पुगेर सहयोग गरेकी हुन् ।
आइतबार सिआन पुनस्र्थापन केन्द्र सञ्चालक तथा निर्देशक सौजन डीसीलाई उनले रकम हस्तान्तरण गरेकी थिइन् । करिब ३० वर्षअघि उनी नेपाल आएकी थिइन् । आफ्नो नेपाल भ्रमण यो दोस्रो पटक रहेको उनले बताइन् ।
२०७३ सालमा सञ्चालनमा आएको पुनस्र्थापन केन्द्रले लागुऔषधको दलदलमा फसेकामात्र नभइ मानसिक अवस्था ठीक नभएका बिरामीको समेत उपचार गरिरहेको र केहीलाई निको बनाइ पठाइसकिएको डीसीले बताए । हाल सिआनमा ६३ जना छन् । सिआन पुनस्र्थापन केन्द्रले केही महिनाअघि महिला पुनस्र्थापना केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।
केही प्रतिक्रिया छ कि ?

