हेटौंडा–गाँजाखेती फँडानीमा नेपाल प्रहरी सक्रिय बनेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिकाको ५ र ९ नम्बर वडामा आइतबार र सोमबार व्यापक गाँजा र अफिम खेती फँडानी गरेको हो ।
गाँजा फँडानीका लागि प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली, प्रहरी चौकी कान्द्राङ र चैनपुर प्रहरी चौकीबाट टोली खटिएको थियो । प्रहरीले आइतबार राक्सिराङ ९ को खैराङमा करिब २० बिगाह र राक्सिराङ ५ मा करिब १० बिगाहा क्षेत्रको गाँजा फडानी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सोमबार पनि प्रहरीले गाँजासहित अफिम खेती पनि नष्ट गरेको बताइएको छ ।
अवैध लागुऔषधको रुपमा रहेको गाँखा खेतीको विकल्पका विषयमा पटकपटक छलफल भएता पनि त्यसले मूर्त रुप पाउन सकेका छैनन् । गाँजा खेती गर्नु आफूहरुको रहर नभई बाध्यता भएको स्थानीयहरु बताउने गर्छन् । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका क्षेत्रमा बर्सेनि गाँजा र अफिमको खेती हुने गरेको छ ।



