Search
Close this search box.

शौचालयमा लडेर हेटौंडाका राईको मृत्यु

हेटौंडा– हिजो मंगलबार साँझ आफ्नै घरको शौचालयबाट निस्कने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । हेटौडा –६ कल्यानटार बस्ने उद्वव राई आफ्नै घरको शौचालयवाट निस्कने क्रममा शौचालय बाहिर अचानक लडैर बेहोस भएका थिए ।

उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएकोमा उपचारको क्रममा साँझ करिब साढे ६ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan