Search
Close this search box.

बकैयाको तीनतले घुम्तीबाट खोल्सामा खस्यो बस, २२ जना घाइते

हेटौंडा– मकवानपुरको बकैया गाउँपालिका–५ स्थित तिनतले घुम्तीबाट यात्रुबहाक बस खोल्सामा खसी दूर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । हेटौंडाबाट छतिवनतर्फ जाँदै गरको बा ५ ख ६६५३ नम्बरको बस धरान चतरा सडक खण्डस्थित तिनतले घुम्तीमा आफैँ अनियन्त्रित भई करिब ५० मिटर तल खोल्सामा खसेको हो ।

आज बिहान पौने ११ बजेतिर भएको दूर्घटनामा उद्दारको काम सकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दूर्घटनालगतै २२ जना घाईतेहरुलाई स्थानीय र प्रहरीले उद्दार गरी उपचारको लागि हेटौंडा ल्याइएको छ । बस चालक हेटौंडा १२ पदमपोखरी बस्ने वर्ष ४५ को टिकाराम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा ३७ यात्रु सवार रहेको चालकको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ । हाल घाइतेहरुको पहिचान गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan