Search
Close this search box.

उपनिर्वाचन सफल बनाएकोमा कांग्रेस बागमतीद्वारा आभार

हेटौंडा–मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाएकोमा नेपाली कांग्रेस बागमती प्रदेश समितिले सबैप्रति आभार व्यक्त गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बुधबार एक सन्देश जारी गर्दै स्थानीय तहको उप–निर्वाचन, २०८१ उत्साहपुर्ण रुपमा सम्पन्न भएको बताए ।

‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन मार्फत निर्वाचित हुनुभएका सम्पुर्ण जनप्रतिनिधिहरु प्रति हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।’ सन्देशमा भनिएको छ । उप–निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं उत्साहजनक रुपमा सम्पन्न गर्न गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी तथा पर्यवेक्षक र मतदाता र पार्टी कार्यसमितिप्रति सभापति बानियाँले आभार व्यक्त गरेका छन् ।

मंसिर १६ गते बागमती प्रदेशमा एक नगर प्रमुख, एक गाउँपालिका उपप्रमुख र ५ जना वडाध्यक्ष गरी ७ स्थानमा निर्वाचन भएको थियो । जसमध्ये नेपाली कांग्रेसबाट किर्तिपुर नगरपालिकाको मेयर, किर्तिपुर– १, किर्तिपुर–४ र हेटौंडा–१२ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan