हेटौंडा– मकवानपुरको बकैया गाउँपालिका–५ स्थित तिनतले घुम्तीबाट यात्रुबहाक बस खोल्सामा खसी भएको दूर्घटनामा घाइते भएका २२ जनाको पहिचान भएको छ । घाइते हुनेहरुमा हेटौंडा ३ कि करिब २५ वर्षीया सिर्जना तामाङ, सोही ठाउँकी ३६ वर्षीया लक्ष्मी तामाङ, लक्ष्मी तामाङको छोरा करिब १८ वर्षीय दिकेश तामाङ, मकवानपुरगढी १ एक्लेखेत का करिब ३१ वर्षीया सुना तामाङ, निजकी १३ वर्षीया छोरी रुपिया तामाङ, हेटौंडा ३ बसामाडीकि ३० वर्षीय मनोज तामाङ, सोही ठाउँका ३१ वर्षीय धन ब. तामाङ र उनकी श्रीमती २८ वर्षीया माया तामाङ, धनबहादुरकै छोरा १७ वर्षीय दिप तामाङ रहेका छन् ।
यस्तै हेटौंडा–३ कै वर्ष २८ को शंखर तामाङ, वर्ष २५ को राजिन तामाङ, उनकी श्रीमती वर्ष २३ की सुष्मा तामाङ, छोरी ५ वर्षकी दिप्सी तामाङ, सोही ठाउँकी ११ वर्षकी सुहाना तामाङ, ४४ वर्षीया रिता पाख्रीन, १९ वर्षीया समिक्षा तामाङ, ४१ वर्षीय जित बहादुर तामाङ, ५५ वर्षीय राम ब. तामाङ, ७२ वर्षीया मंगली माया तामाङ पनि घाइते भएका छन् ।
हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस धरान चतरा सडक खण्डस्थित तिनतले घुम्तीमा आज बिहान करिब ११ बजे आफैँ अनियन्त्रित भई करिब ५० मिटर तल खोल्सामा खसेको हो । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपु्रले जनाएको छ ।