Search
Close this search box.

बसामाडीमा स्वास्थ्य शिविर, पाँच सय जनाले लिए सेवा

हेटाैंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा बिहीबार भएकाे निःशुल्क स्वास्थ्य शिविरमा करिब पाँच सय जनाले सेवा लिएका छन् ।

उक्त शिविर हेटौंडा जेसीज र टोल विकास संस्था वडा समन्वय समितिले आयोजना गरेको हो । शिविरमा ४०४ जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये २७ जनामा मोतिबिन्दुको समस्या देखिएको हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उनीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ ।

यस्तै, शिविरमा ७९ जनाले पाठेघर सम्बन्धि परीक्षण गरेका थिए । पाठेघरको मुखमा यौनजन्य समस्या देखिएकाहरुलाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको समेत अध्यक्ष श्रेष्ठले बताए ।

शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघले प्राविधिक सहयोग गरेको थियो ।

शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका–३ नम्वर वडाध्यक्ष ढलकबहादुर थापा र टोल विकास समितिका अध्यक्ष रोशन गोलेले शिविर संचालन गर्दा ग्रामीण क्षेत्रमा रहेका जनताको स्वास्थ्य सेवामा ठूलो टेवा पुगेको भन्दै आगामी दिनमा पनि यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

जेसीजका विराज गौतमले संयोजन गरेको उक्त कार्यक्रममा महासचिव पंकजदास बानियाँ, पूर्व अध्यक्षहरु, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan