Search
Close this search box.

बकैयाको झाँक्रीडाँडामा ट्रिपर दूर्घटना, चालकको मृत्यु्

हेटौंडा–निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) मा आज बिहान ट्रिपर दूर्घटना हुँदा चालकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडामा नदीजन्य पदार्थ (ग्राभेल) लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० भएकोे दूर्घटनामा ट्रिपर चालक चितवन घर भएका अन्दाजी ४० वर्षीय सानु लो तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

आज बिहान सवा ८ बजेको समयमा टिपर सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । चालक तामाङको टि«परले च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan