हेटौंडा–बागमती प्रदेशको लोकसेवा आयोगको सदस्य रामबहादुर खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् ।
एक साताअघि नियुक्त भएका सदस्य खड्कालाई शुक्रबार बागमती प्रदेश प्रमुख महेश्वर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
खड्का गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त भएका थिए । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको समेत उपस्थितिमा सदस्य खड्काले शपथ ग्रहण गरेका हुन् । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । यससँगै आयोगको बोर्डले अब पूर्णता पाएको छ ।
केही प्रतिक्रिया छ कि ?

