Search
Close this search box.

उधाैली पर्वमा प्रदेश प्रमुख देवकाेटाकाे शुभकामना सन्देश

हेटाैंडा- बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उधौली पूर्णिमा, धान्य पूर्णिमा, यःमरि पुन्ही तथा ज्यापू दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । 

प्रकृतिका पुजारी किराँत समुदायले पितृ तथा अन्नदाता धर्तीमाताको पूजा गरी नाचगान, आफन्त भेटघाट गरी हर्सोल्लासपूर्वक यो पर्व मनाउँछन् । मानिस पशुपञ्छी लेकबाट तल अर्थात उधो झर्ने हुनाले पनि उधौली पर्व भनिएको पाइन्छ ।  नयाँ धानबाली भित्र्याएपछि खुशीयालीमा धानलाई लक्ष्मीको रूपमा मानेर धान्यपूर्णिमा पर्व मनाउँछन् । 

उपत्यका लगायत अन्य भागमा छरिएर रहेका नेवार समुदायले बिशेष प्रकारको परिकार (यःमरि) खाएर रमाइलोसाथ यःमरि पुन्ही मनाउने गर्दछन् । यसका साथै कला र सस्कृतिका धनी नेवारभित्रका  ज्यापू समुदायमा आफ्नो सस्कृतिको रक्षार्थ ज्यापू दिवस मनाउने गरिन्छ । 

चाडपर्व र परम्पराहरू अमुल्य निधि भएकोले यिनको संरक्षण गर्नुपर्ने प्रदेश प्रमुख देवकोटाको विज्ञप्तिमा उल्लेख छ । 

“हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जिवनका आधार हुन्” बिज्ञप्तिमा भनिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan