हेटाैंडा- मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५, तिनतल्लेस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान ट्रक दुर्घटना हुँदा बाबुछाेरा घाइते भएका छन् ।
हेटौंडाबाट फापरबारीतर्फ सिमेन्ट लोड लिई जाँदै गरेको ना ५ ख ४६५६ नम्वरको ट्रक बिहान ७ बजेकाे समयमा सडकको बायाँ साईडमा आफै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा परेर घाइते हुनेहरुमा ट्रक चालक मकवानपुरको हेटौंडा–१४, मयुरधाप बस्ने वर्ष ४० को रबि थापा मगर र उनका १३ वर्षीय छाेरा रिहान थापा मगर रहेका छन् ।
घाइतेमध्ये रबिको अवस्था गम्भीर छ भने रिहानको अवस्था सामान्य रहेको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
केही प्रतिक्रिया छ कि ?

