हेटाैंडा-मकवानपुरकाे राक्सिराङ ३ सिमलडाँडा जंगलमा कुलाे खन्न गएका एक व्यक्तिलाई रुखकाे हाँगा खसेर लाग्दा मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा राक्सिराङ-५ ठाडे गाउँका करिब ५० वर्षीय महादेव प्रजा रहेका छन् । आज आइतबार बिहान करिब ११ बजेकाे समयमा राक्सिराङ-३ सिमलडाँडा जंगलमा पानीको कुलो खन्नका लागि साे ठाउँका करिब १० जनाकाे समूह जंगलमा गएका थिए ।
साे क्रममा एक्कासी सिमलको रुखको हाँगा भाँचिएर खस्न जाँदा प्रजालाई लागि घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
केही प्रतिक्रिया छ कि ?

