हेटौंडा–हेटौंडाबाट गैँडाको खाग तस्करी गर्ने क्रममा नेपाली सेनाले ५ राउण्ड गोली चलाएको छ । आज दिउँसो करिब १२ बजेको समयमा हेटौंडा–८ स्थित गर्दोईमा गैँडाको खाग तस्करी गर्ने व्यक्तिलाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका श्री नयाँ गोरख गणका उपसेनानी दिपक बाँस्कोटा सहितको टोलीले हवाई फायर गरी गैडाको खाँग तस्करी गर्ने एक व्यक्तिलाई पक्राउ गरी लगेको छ । पक्राउ परेका व्यक्तिको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खाग तस्करीको आरोपीलाई नियन्त्रणमा लिने क्रममा नेपाली सेनाले कोलकमाण्डो हतियार बाट ५ राउण्ड हवाई फायरिङ गरेको सेनालाइ उदृत गर्दै नेपाल प्रहरीले जनाएको छ ।
केही प्रतिक्रिया छ कि ?

