Search
Close this search box.

पुडासैनीले गरे जर्सी सहयोग

हेटौंडा–नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य मिलन पुडासैनीले बकैयाको एक क्लबलाई फुटबल जर्सी सहयोग गरेका छन् ।
शुक्रबार मकवानपुरको बकैया–४ को नवनमुना युवा क्लवलाई १० थान जर्सी सहयोग गरेका हुन् ।

नेपाली कांग्रेस बकैया–४ का इकाई सभापति सुनिल भोम्जनको पहलमा खेलकुदको क्षेत्रमा सहयोग गरेको भन्दै पुडासैनीले सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
नेविसंघ र सिङ्गो पार्टीको हितको लागि आफू शिक्षाको क्षेत्रमा मात्र नभई अन्य सामाजिक कार्यमा लागिपरिरहने उनले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan