हेटौंडा । रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले एक विपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग गरेका छन् ।विभिन्न रोगको कारण ओछ्यानबाट उठ्न नसक्ने कुमारी श्रेष्ठको परिवारलाई अग्रवालले खाद्यान्न र नगद सहयोग गरेका हुन् ।
आमाको उपचारका लागि पैसा माग्दै हिडेको मकवानपुर घरजग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष कमल मैनाली र संघका उपाध्यक्ष राजकुमार बानियाँले शुक्रबार भेटेको मैनालीले जानकारी दिए। सोही क्रममा मैनाली र बानियाँको पहलमा अग्रवालले नगद १० हजार ५ सय , ८ हजार बराबरको खाद्यान्न र ग्यास शनिबार बिहान बिरामी भएको स्थानमा पुगेर बिरामीलाई सहयोग हस्तान्तरण गरेको मैनालीले बताए ।
खाद्यान्न सहयोगको लागि हेटौंडाका १० जना व्यवसायी हरु बीच आर्थिक संकलन गरिएको मैनालीले जानकारी दिए। कोठा भाडामा लिएर बसेको स्थानमा पुग्दा सुत्ने खाट ओढ्ने ओछ्याने सम्म नभएको देखेपछि अग्रवालले सिरक डस्नासमेत दिन लागेको अग्रवालले बताए।
श्रेष्ठको १४ वर्षिया बालिकाले आफ्नो आमाको उपचार र घर खर्चको लागि पैसा उठाउदै हिडेको देखेपछि खोजी गरि अग्रवालले खोज्दै जाने क्रममा निक्कै विपन्न देखेपछि सहयो गरेको बताएका छन् ।
अग्रवाल उद्योग बाणिज्य संघका उपाध्यक्ष र संघको आसन्न निर्वाचनको अध्यक्षको उम्मेदवारसमेत रहेका छन् ।

