हेटाैंडा- मनहरी गाउँपालिका ५ बसन्तपुरमा मान्छेलाई आक्रमण गरी मार्ने र बाख्रासमेत खाएर भागेकाे बाघलाई नियन्त्रणमा लिइएकाे छ । हिजाे आइतबार बिहान मारेकाे बाख्रा खान फर्किएकाे बाघलाई डार्ट गरि बेहाेस बनाएर नियन्त्रणमा लिइएकाे हाे ।
पुस १४ गते साँझ बारीमा घाँस काटिरहेकी कान्छीमाया रुम्बालाई घर छेवैमा आक्रमण गरि मारेकाे बाघले भाेलिपल्ट बिहान सोही ठाउँमा अन्य ७ वटा बाख्रालाई खोरमै मारेकाे थियाे । टाढैबाट बन्दुकमार्फत गोली हाने जसरी बाघ वा अन्य वन्यजन्तुलाई सुईमार्फत बेहोस बनाई डार्ट गर्ने गरिन्छ । बाघले मारेको बाख्रालाई बाघ फर्कनसक्ने सम्भावित क्षेत्रतिर राई डार्ट टाेलीले निगरानी गरिएकाे थियाे । चितवन राष्ट्रिय निकुन्ज तथा पर्सा राष्ट्रिय निकुन्जका प्राविधिकहरु, नेपाली सेना, जनप्रतिनिधिसहितको टोलीले मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गरी डार्ट गरेर नियन्त्रणमा लिने याेजनाका साथ हिजाे दिउँसाेदेखि खटिएका थिए ।
सोही बमोजिम सोमबार साँझ बाघ आउने सम्भावित बाटोमा बाख्रा राखिएकाेमा मंगलबार साँझ सोही बाटो भएर बाघ आएको थियाे । बाख्रालाई घिसार्ने क्रममा डार्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । डार्ट गरिएपछि शिकार राखिएको वरपर ४ वटा हात्ती प्रयोग गरेर बाघलाई नियन्त्रणमा लिइएकाे थियाे । बेहोस् अबस्थाको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज कसरा लगिने बताइएको छ ।
तस्बिहरू: मनहरी- ५ का वडाध्यक्ष दिपेन्द्र अधिकारीकाे फेसबुकबाट ।