Search
Close this search box.

मनहरीका उद्याेगी व्यवसायीबीच अनिल अग्रवालकाे छलफल

हेटाैंडा- मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार अनिल अग्रवालले मनहरीका उद्योगी तथा व्यवसायीहरुसंग भेटघाट तथा छलफल कार्यक्रम गरेका छन् । आइतबार मनहरी -७ स्थित मुख्य चोकमा उद्योगी तथा व्यवसायीहरुसंग भेटघाट तथा छलफल कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा गाउँपालिकन अध्यक्ष रन्जन कालाखेतीले व्यवसायिक पेशा बचाउनका लागि पनि सक्षम उम्मेदवारको आवश्यकता रहेको बताउँदै भोट हाल्दा विवेक प्रयोग गर्न आग्रह गरे । भोट दिँदै गर्दा व्यवसायीको हक हितका लागि  काम गर्ने र मन जित्नेलाइ भोट हाल्न समेत अनुरोध गरे । व्यवसायीको लागि गाउँपालिका चिन्तित रहेको बताउँदै सम्बन्धित निकाय पनि जिम्मेवार हुन पर्ने बताए ।
अध्यक्षका उम्मेद्वार अनिल अग्रवालले व्यवसायीले अध्यक्ष भनेर गर्व गर्ने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। अनुगमनमा भएको अनियमिततालाई समेत रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मकवानपुर उद्योग वाणिज्य संघ राजनीति गर्ने स्थल नभई व्यवसायीको साझा संगठन रहेको बताए । व्यवसायीले चाहे जस्तो नियमितता बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती , कपडा तथा तयारी पोसाक व्यवसायी संघ मनहरी अध्यक्ष गोबिन्द अधिकारी,उद्योग वाणिज्य संघ पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपाने, नेपाली काङ्ग्रेस मनहरी सभापति प्रकाश बर्तौला, किराना तथा खाद्यान्न व्यवसायी संघ मनहरीका कुबेर रावत, महिला उद्यमी विकास समिति मनहरी सभापति रेनु पुडासैनीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan