हेटौँडा– ५९४ एम्पुल लागूऔषध डाइजेपाम, फेनारगम, नुर्फिनसहित मकवानपुर प्रहरीले हेटौंडा १५, रातोमाटेबाट २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ८४१४ नम्बरको यात्रुवाहक बसमा सवार बारा जिल्लाको कोल्हवी नगरपालिका–१ का २२ वर्षीय सियाराम राम र कोल्हवी–५ का ३३ वर्षीय अमित चौधरीको साथबाट लागूऔषध बरामद गरिएको हो ।
प्रहरीले सियाराम र अमितको साथबाट लागूऔषध डाईजेपाम १९८ एम्पुल, फेनार्गन १९८ एम्पुल,र नुर्फिन १९८ एम्पुल गरी जम्मा ५९४ एम्पुल लागूऔषध बरामद गरेको जानकारी दिएको छ । मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले उनीहरुलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।
केही प्रतिक्रिया छ कि ?