Search
Close this search box.

उद्योगतर्फ महिला आरक्षण सदस्य पदमा श्रेष्ठको उम्मेदवारी


मकवानपुर । बिगत १२ बर्षदेखि मकवानपुरमा रहेर टेलरिङ्ग व्यवसाय गर्दै आउनुभएकी युवा व्यावसायी मेनका श्रेष्ठले मकवानपुर उद्योग बाणिज्य संघको उद्योगतर्फ महिला आरक्षण सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन् ।
घरबाटै टेलरिङ्ग व्यावसाय सुरुवात गर्नुएभएकी श्रेष्ठले २०६३ देखि विभिन्न संघ सस्थाको सहकार्यमा टेलरिङ तालिम सञ्चालन गर्दै आएकी छन् । उनले २०६९ सालदेखि जय प्रकृति सिलाई  प्रशिक्षण केन्द्र  सन्चालन गर्दै आएकि छिन् । श्रेष्ठले महिला समुहसँग मिलेर खोलिएको हेटौंडा गर्मेण्ट उधोगको अध्यक्ष भएर गार्मेण्ट उधोग  सञ्चालन गर्दै २५ जनालाई प्रत्यक्ष र थप ७ जना लाई अप्रत्यक्ष रोजगार सृजना गरि आर्थिक बिकासमा टेवा पुर्याउदै आएकी छिन् ।
२०७२ देखि उधोग वाणिज्य संघ मकवानपुरको सदस्याता लिदै उधोग वाणिज्य संघको महिला उद्यमी समितिमा रहेर काम गरिसकेकि श्रेष्ठले विशेष गरि सिटिइभिटीको प्रशिक्षक एवं  परीक्षा निरीक्षक भएर काम गर्दै आएकी छिन् । स्काउट लगाएत सामाजिक संघसस्थाहरुको नेतृत्व लिएर  काम गर्नुभएकी श्रेष्ठ नेपाल उधोग बाणिज्य महासंघ  बागमती प्रदेश महिला समितिको सह संयोजक रहदा विभिन्न कार्यगरी बसेकी थिइन् ।


मकवानपुर उद्योग वाणिज्य संघको अघिल्लो कार्यकालमा थोरै मतले उद्योग तर्फको महिला आरक्षण सदस्य पदमा उपविजेता हुनुभएस्का श्रेष्ठले उद्योगी ब्यवसायीको हकहितमा काम गर्न पुनः  सोही पदमा उम्मेदवारी दिएकी छिन् । ‘यसपटक मलाई सबै व्यवसायीहरुको माया र साथ रहेने अपेक्षा गरेको छु’, उनले भनिन् , ‘व्यवसायीहरुको हौसला र प्रेरणाले उम्मेदवारी दिएको छु ।’नेवारी समुदायको संस्था नेवा: गुठी खल: मकवानपुरको जिल्ला उपाध्यक्षको भूमिकामा रहनुभएकी श्रेष्ठले व्यवसायीका पेशागत सुरक्षा र महिला उद्यमीहरुलाई  विशेष तालीम र प्रशिक्षण दिदै महिलालाई उधमी बनाउदै आर्थिक समृद्धिमा ब्यवसायीलाई जोड्न पहल गर्ने बताइन । अनिल अग्रवालको टिमबाट उम्मेदवारी दिनुभएकी श्रेष्ठले   सबै व्यवसायीलाई अग्रवालको  टिमका पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan