Search
Close this search box.

पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारणसभा हेटौंडामा हुने

नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा आउँदो माघ महिनाको १७ गते हेटौंडामा हुने भएको छ । देशैभरीका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरी बजारमा पठाउने उद्योगहरुको छाता संस्थाको गठन गर्न पुष २६ र २७ गते काठमाडाैं बसेको उद्योगीहरुको भेलाले माघ १७ गते प्रारम्भिक साधारण सभा राख्ने निर्णय गरेको हो ।
भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ । उक्त समितिको पूर्ण बैठकले सो प्रारम्भिक साधारण सभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागी रहने संयोजक बिक्रम लिम्बुचेमजोङले बताए।

त्यसैगरी समितिका सदस्यहरुमा गोकर्ण सिलवाल, गंगा प्रसाद अगंजा, गोकुल थापा, रविन्द्र मोहन अधिकारी, लिला भण्डारी, मिना दाहाल, भिमसेन खतिवडा, भरत बुढाथोकी, रुपचन्द्र थापा, रोसा श्रेष्ठ, राष्ट्रमान श्रेष्ठ, कैलाश भट्ट, दिपक श्रेष्ठ, ध्रुब अधिकारी, बिक्रम मण्डल, रुपचन्द्र नौलाखा, ध्रुब बहादुर गौतम, अमराज लामा रहेका छन् । उक्त समितिको बैठकले भरत लकाई र देव नारायण चौलागाई रहेको दुई सदस्यीय कानुनी सल्लाहाकार समिति समेत गठन गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan