हेटाैंडा- पूर्वपश्चम राजमार्गअन्तरगत मकवानपुरकाे मनहरी गा.पा.६ डिपार्टमा दुई सवारी साधन एक आपसमा ठाेक्किएर दूर्घटना हुँदा मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ ।
उपचारकाे क्रममा कारमा सवार जिल्ला चितवन राप्ती न.पा.२ गड्यौलिी बस्ने बर्ष ५० की सुनिता श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । आज दिउँसाे करिब १ बजेकाे समयमा बिरगंज बाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नं.को स्कारपियो र चितवन बाट हेटौडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नं.को कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा कार चालक हेटाैंडा-४ स्कुलराेडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठकाे पनि उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।
दुवै सवारीका गरी घाइते १२ जनाकाे उपचार भइरहेकाे छ । घाइतेहरुकाे चितवनमा उपचार भइरहेकाे छ ।