हेटौंडा– उद्योगी व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिं रानाभाट विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनाअनुसार रानाभाटले १ हजार १४ मत प्राप्त गरेका हुन् भने उनका प्रतिष्पर्धी अनिल अग्रवालले ७ सय ६५ मत पाए ।
यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी ५ सय ९९ मतका साथ विजयी भएका छन् । उनका प्रतिष्पर्धी रामप्रसाद न्यौपानेको ४ सय ८४ मत रहेको छ । उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रती २ सय ७२ मतका साथ विजयी भए । उनका प्रतिष्पर्धी रविन्द्रप्रसाद घिमिरेले २ सय ४० मत ल्याए ।
एसोसिएटतर्फको उपाध्यक्षमा उज्ज्वल चौलागाई विजयी भएका छन् । उनले ४८ मत प्राप्त गर्दा उनको प्रतिष्पर्धी विष्णु खनालले ३२ मत प्राप्त गरे । वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी १५ मतका साथ विजयी भए भने प्रतिष्पर्धी प्रदिप अर्यालले ११ मत पाए ।
यस्तै संघको महासचिवमा प्रतिमा श्रेष्ठ एक हजार १२ मतका साथ विजयी भइन् । उनका प्रतिष्पर्धी विकेशलाल श्रेष्ठले ७ सय १३ मत पाए । वाणिज्यतर्फको सचिवमा ६ सय ८४ मतका साथ कुलप्रसाद चौलागाई विजयी हुँदा उनका प्रतिष्पर्धी दिवस पराजुलीले ४ सय ११ मत मात्रै प्राप्त गरे । वाणिज्यतर्फको सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीले बराबर १३/१३ मत पाएपछि परिणाम घोषणा गरिएको छैन ।
यस्तै कोषाध्यक्षमा तेजराज अधिकारीले ९ सय १७ मतका साथ विजयी हासिल गरे । उनका प्रतिष्पर्धी श्रीकृष्ण कर्मचार्यले ८ सय १ मत प्राप्त गरेका छन् । सहकोषाध्यक्षमा ९ सय १६ मतका साथ निलम वैद्य विजयी हुँदा राधिका पाण्डे सामरीले ७ सय ८१ मत प्राप्त गरिन् ।
संघको सदस्यहरुमा कृष्णगोपाल महर्जन, जगदिश दाहाल, भूपेन्द्रप्रसाद अधिकारी, सीतादेवी भेटवाल, अंकिता सुमार्गी, नवराज खतिवडा, बालकृष्ण बजगाई, विष्णुप्रसाद दाहाल, राजेन्द्र लामिछाने, सन्तोष घिमिरे र शम्भु पुडासैनी विजयी भएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले जानकारी दिए ।