Search
Close this search box.

चरेश र अफिमसहित २ भारतीय पक्राउ

हेटौंडा–मकवानपुर प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध लागुऔषध चरेश र अफिमसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । थाहा नगरपालिका ११ नौखण्डेबाट माघ २७ गते राति चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । लागूऔषध बोक्न प्रयोग भएको एउटा भारतीय कारमसेत नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा भारत हरियाणा, जिल्ला हिसार गोबिन्द नगर थाना सदर गाउँपञ्चायतका २५ वर्षीय कुनाल गोथ्वाल र सुवास नगर थाना सदर घर भएका २० वर्षीय मनिस कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा डिएल सिएक्स १२२४ नम्बरको कारलाई चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

यस्तै मकवानपुर प्रहरीले आज बिहान एक सय १ किलो अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । हेटौंडा–१५ रातोमाटेमा सवारी जाँच गर्ने क्रममा चितवनतर्फबाट बिरगंजतर्फ जादै गरेको भारतीय नम्बर प्लेटको डिएल १३ सी १५६१ नम्बरको कारबाट गाँजासहित पर्साको बीरगञ्ज महानगरपालिका २६ का २० वर्षीय राजन रारुत कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan