राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउने भएका छन् । राष्ट्रपति पौडेल बिहान ९.३० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुर आउने भएका हुन् ।
उनी राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्ग अवलोकनका लागि मकवानपुर आउने जनाइएको छ । उनी ९.३० बजे मकवानपुरको बकैया-११ लेनडाँडा आउने र लेनडाँडामा निर्माण भइरहेको द्रुत मार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिनेछन् । त्यसपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन निजगढतर्फ लाग्ने र त्यहाँबाट काठमाडौं फर्कने जनाइएको छ । राष्ट्रपति मकवानपुर आउने भएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
केही प्रतिक्रिया छ कि ?

